यी विद्यालयलाई उपलब्ध गराइयो विपद् व्यवस्थापनको रकम

हिमाल प्रेस ८ कार्तिक २०८१ १५:४० | Thursday, October 24, 2024
यी विद्यालयलाई उपलब्ध गराइयो विपद् व्यवस्थापनको रकम

काठमाडौँ- तनहुँको भानु नगरपालिकाअन्तर्गतका सामुदायिक विद्यालयलाई विपद् व्यवस्थापनको रकम उपलब्ध गराइएको छ।

नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाले गत जेठ १७ गतेको भीषण हुरीको कारण विद्यालयमा भौतिक क्षति भएकोले सोको राहत तथा पुनःनिर्माणका लागि रकम उपलब्ध गराइएको जनाएको छ।

शाखाको भनाइमा गण्डकी प्रदेश सामाजिक विकास मन्त्रालयको विपद् व्यवस्थापन शाखामा आवश्यक कागजातसहित पठाइएकोमा उक्त मन्त्रालयले भदौ १४ गते निर्णय गर्दै बजेट प्रदान गरेको हो।

मन्त्रालयको राहत कोषबाट PLMBIS मा इन्ट्री भएपछि सामाजिक विकास कार्यालय दमौलीबाट विद्यालयमा निकासा हुनेछ।

श्री सरस्वती सदन मावि भानु-५ मैवलका लागि २ लाख, श्री सत्यवती देवी आवि भानु-१ सालविस्नेका १ लाख, श्री कालिका प्रावि भानु-६ मान्द्रेका लागि २ लाख, श्री नारायणी आवि भानु-५ बारीफाँटका लागि १ लाख ५० हजार र श्री आदर्श सरस्वती मावि भानु-६ नावरुङ्काका लागि ५० हजार रुपैयाँ उपलब्ध भएको छ।

प्रकाशित: ८ कार्तिक २०८१ १५:४० | Thursday, October 24, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast