नेविप्र आधिकारिक ट्रेड युनियन मधेशको अध्यक्षमा सिंह, सचिवका उम्मेदवार तिवारीले पाए सर्वाधिक मत

हिमाल प्रेस ७ कार्तिक २०८१ २१:२२
32
SHARES
नेविप्र आधिकारिक ट्रेड युनियन मधेशको अध्यक्षमा सिंह, सचिवका उम्मेदवार तिवारीले पाए सर्वाधिक मत

काठमाडौँ- नेपाल विद्युत प्राधिकरण कर्मचारी संघ आधिकारिक ट्रेड युनियन मधेश प्रदेशको अध्यक्षमा चन्द्रिका सिंह निर्वाचित भएका छन्।

मधेश प्रदेशको दोस्रो अधिवेशनबाट सिंह अध्यक्षमा निर्वाचित भएका हुन्। उनले यसअघिका अध्यक्ष राजकिशोर भिन्वारलाई पराजित गरेका हुन्।

सिंहले ६७ मत ल्याउँदा भिन्वारले ६० मत प्राप्त गरेका थिए।

त्यस्तै उपाध्यक्षमा धिरजकुमार साह ६४ मत ल्याएर निर्वाचित भएका छन्। उनका निकटतम प्रतिस्पर्धी यादव सुवोधकुमारले ६० मत ल्याए।

सचिवमा लगातार दोस्रोपटक आलोककुमार तिवारी निर्वाचित भएका छन्। निकटतम प्रतिस्पर्धी रामपुकार साहलाई पराजित गर्दै उनी सचिवमा निर्वाचित भएका हुन्।

तिवारीले ६८ मत पाउँदा साहले ५८ मत पाए। सचिवमा निर्वाचित भएका तिवारीले सबै पदाधिकारी र सदस्यहरूभन्दा बढी मत पाएका हुन्।

सहसचिवमा विजय मण्डल निर्वाचित भएका छन्। उनले मनोजकुमार दासलाई पराजित गरेका हुन्। मण्डलले ६२ मत ल्याउँदा दासले ५९ मत प्राप्त गरेका छन्।

कोषाध्यक्षमा ६६ मत ल्याएर अशोककुमार यादव विजयी हुँदा उनका निकटतम प्रतिस्पर्धी बलबहादुर यादवले ५८ मत प्राप्त गरे।
सहकोषाध्यक्षमा शम्भुप्रसाद साह ६१ मत ल्याएर विजयी भएका छन्। उनका निकटतम प्रतिस्पर्धी नन्दकिशोर सहनीले ५९ मत ल्याए।

खुलातर्फ सदस्यहरूमा चन्दन साह, रामबाबु राउत कुर्मी, रामअधिन यादव,लक्ष्मण साह, रवीन्द्रकुमार यादव, शंकर ठाकुर निर्वाचित भएका छन्। त्यस्तै मधेसीतर्फ जितेन्द्रप्रसाद यादव र नितिश ठाकुर सदस्यमा निर्वाचित भएका छन्।

प्रकाशित: ७ कार्तिक २०८१ २१:२२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve − eight =