प्रधानमन्त्रीले भने : यो सरकारले ४ हजार किलोमिटर सडक मर्मत गर्‍यो

हिमाल प्रेस ७ कार्तिक २०८१ १५:४०
8
SHARES
प्रधानमन्त्रीले भने : यो सरकारले ४ हजार किलोमिटर सडक मर्मत गर्‍यो प्रधानमन्त्री केपी शर्मा ओली। फाइल तस्बिर

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले आफू नेतृत्वको सरकारले सडक मर्मतको काम उल्लेख्य ढंगले गरेको बताएका छन्। सय दिनको उपलब्ध सार्वजनिक गर्नेक्रममा ओलीले ४ हजार ३८ किलोमिटर सडक मर्मत गरिएको बताएका हुन्।

उनले आफूले सरकारको नेतृत्व सम्हालेको अवधिमा सडक मर्मत र निर्माणका क्षेत्रमा महत्त्वपूर्ण उपलब्धि हासिल भएको बताए। उनका अनुसार मर्मत भएकामध्ये ३२.५ प्रतिशत सडकमा कालोपत्रे समेत भएको छ । जसले यातायात सेवालाई थप सुरक्षित र सहज बनाएको प्रधानमन्त्रीले सम्बोधनका क्रममा बताए।

बाढीपहिरोले सडकहरू ध्वस्त पारेको भन्दै उनले सरकारले कुनै कसर बाँकी नराखी मर्मत गरेको उनको भनाइ छ।

प्रकाशित: ७ कार्तिक २०८१ १५:४०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve − three =