नेपालकै महङ्गो म्युजिक भिडियोमा साम्राज्ञी र विशालकाे अभिनय

हिमाल प्रेस ७ कार्तिक २०८१ १३:५७
468
SHARES
नेपालकै महङ्गो म्युजिक भिडियोमा साम्राज्ञी र विशालकाे अभिनय

काठमाडौँ- नेपाली म्युजिक भिडियो इतिहासमा सबैभन्दा बढी लगानीमा भिडियो छायांकन गरिएको छ। दसैँअघि थाइल्याण्डमा छायांकन गरिएको म्युजिक भिडियो  ‘मालती’ निर्माणमा ६० लाखभन्दा बढी खर्च भएकाे निर्देशक सञ्जय न्यौपानेले बताए।

भिडियोको शीर्ष भूमिकामा अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह र अभिनेता विशाल खरेलले अभिनय गरेका छन्। अभिनेता खरेलको जन्मदिनको अवसरमा बुधबार (आज) टिमले भिडियाेकाे केही फोटो सार्वजनिक गरेको छ। गीतका सार्वजनिक तस्वीरमा साम्राज्ञी र विशाल रोमान्टिक अवतारमा प्रस्तुत देख्न सकिन्छ।

गीत  केही समयपछि सार्वजनिक गर्ने तयारी भइरहेकाे निर्देशक न्यौपानेले जानकारी दिए।  उनका अनुसार एक साताभन्दा बढी समय खर्चेर छायांकन गरिएको भिडियोमा थाइल्याण्डका मंहगा मोडलहरुलाई कोरसको रुपमा प्रयोग गरिएको छ। यो गीतले नेपाली म्युजिक भिडियोलाई अन्तर्राष्ट्रिय बजारमा चिनाउनेसक्ने निर्देशक सञ्जयले दाबी गरेका छन्।

गीतमा सुरज विक्रम थापा (बुलेट फ्लो) र डिवी यो म्याजेस्टीको शब्द तथा संगीत भरेका छन्। भने ममता गुरुङ, बुलेट फ्लो र डिवी यो म्याजेस्टीकाे स्वर छ।

सौरभ लामाले छायांकन गरेको गीतको भिडियो कमल खतिवडा र निर्देशक न्यौपानेले निर्माण गरेका हुन्। भिडियो लोकेन्द्र सुब्बाले सम्पादन गरेका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − seven =