आज पनि रास्वपाको प्रदर्शन

हिमाल प्रेस ६ कार्तिक २०८१ १३:२८ | Tuesday, October 22, 2024
आज पनि रास्वपाको प्रदर्शन फाइल तस्बिर

पोखरा- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आज मंगलबार पोखराको जिरो किमीबाट विरोध प्रर्दशनको तयारी गरेको छ। दिउँसो साढे १ बजे जिरो किमीबाट सुरु हुने प्रदर्शन सभागृहचोक, पृथ्वीचोक, बुद्धचोक हुँदै अमरसिंह चोक पुग्ने रास्वपा कास्की जिल्ला कमिटीले जनाएको छ।

पार्टी अध्यक्ष रवि लामिछाने पक्राउ परेसँगै रास्वपाका कार्यकर्ता तथा रवि समर्थकले पोखरामा निरन्तर विरोध प्रदर्शन जारी राखेका छन्।

उनीहरुले राजनीतिक प्रतिशोधका कारण लामिछानेलाई पक्राउ गरी थुनामा राखिएको दाबी गर्दै केपी ओली नेतृत्वको सरकारको कार्यशैलीको चर्को विरोध गरेका छन् ।

सहकारी ठगी तथा संगठित अपराध मुद्दामा अनुसन्धानका लागि गत शुक्रबार लामिछानेलाई काठमाडौँबाट पक्राउ गरी पोखरा ल्याइएको थियो । उनलाई कास्की जिल्ला अदालतबाट आइतबार ६ दिनको म्याद थप गरी यतिखेर न्यायिक हिरासतमा राखिएको छ । पक्राउ परेकै दिनदेखि म्याद गणना हुँदा बुधबार म्याद सकिनेछ ।

पोखरापछि रास्वपाले अब काठमाडौं केन्द्रित आन्दोलनको तयारी गरेको रास्वपा गण्डकी प्रदेश अध्यक्ष राजन गौतमले हिमालप्रेसलाई जानकारी दिए ।

प्रकाशित: ६ कार्तिक २०८१ १३:२८ | Tuesday, October 22, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 + 14 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast