रवि लामिछाने पक्राउको विरोधमा आज पनि रास्वपाको प्रदर्शन

हिमाल प्रेस ५ कार्तिक २०८१ १३:२१ | Monday, October 21, 2024
रवि लामिछाने पक्राउको विरोधमा आज पनि रास्वपाको प्रदर्शन फाइल तस्बिर

काठमाडौँ- पार्टी सभापति रवि लामिछानेलाई पक्राउ गरेको विरोधमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सोमबार पनि कास्कीमा प्रदर्शन गरेको छ। राजनीतिक प्रतिशोधका आधारमा लामिछानेलाई पक्राउ गरेको भन्दै रास्वपाले सोमबार पोखराको पृथ्वीचोकमा प्रदर्शन गरेको हो।

प्रदर्शनमा सहभागीहरूले ‘सहकारीपीडितलाई न्याय दे’, ‘माफियाहरूलाई कारबाही गर’, ‘भ्रष्ट सरकार मुर्दावाद’लगायत नारा लगाएका थिए। सहकारी ठगी र संगठित अपराधमा अनुसन्धानका लागि शुक्रबार काठमाडौँबाट पक्राउ परेका लामिछानेलाई आइतबार कास्की अदालत पेस गरिएको थियो।

अदालतमा भएको थुनछेक बहसपछि लामिछानेलाई ६ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिइएको छ। रास्वपाले भने नियतवस पार्टी सभापति लामिछानेलाई पक्राउ गरेको भन्दै निरन्तर आन्दोलन गर्ने जनाएको छ।

प्रकाशित: ५ कार्तिक २०८१ १३:२१ | Monday, October 21, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

6 − three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast