अरिंगालको टोकाइबाट घाइते भएका वृद्धको मृत्यु

हिमाल प्रेस ५ कार्तिक २०८१ ११:१९
4
SHARES
अरिंगालको टोकाइबाट घाइते भएका वृद्धको मृत्यु सांकेतिक तस्बिर।

बाजुरा- बडीमालिका नगरपालिकामा अरिंगालको टोकाइबाट गम्भीर घाइते एक जनाको उपचारका क्रम गएराति मृत्यु भएको छ। असोज २५ गते अरिंगालले टोकेर घाइते सोही नगरपालिका-५ मनाका ६० वर्षीय डम्मबहादुर साउदको मृत्यु भएको हो।

भारतको मुम्बइ सेन्टरस्थित नायर अस्पतालमा उपचारका क्रममा दश दिनपछि साउदको मृत्यु भएको आफन्त नरेन्द्र थापाले बताए। असोज २५ गते घरबाट करिब आधा घण्टाको दूरीमा पर्ने पान्लोटे भन्ने ठाउँमा रहेको भैँसी गोठ (छानो) नजिकै अरिंगालले बनाएको घार भत्काउन खोज्दा टोकेर उनी गम्भीर घाइते भएका थिए।

उपचारका लागि जिल्ला अस्पताल बाजुरा हुँदै प्रादेशिक अस्पतालमा सम्भव नभएपछि उनलाई भारत लगिएको थियो। सोही घटनामा स्थानीय ६५ वर्षीय अंगे बडुवालको घटनास्थलमै मृत्यु भएको थियो।

प्रकाशित: ५ कार्तिक २०८१ ११:१९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 5 =