बागमती प्रदेश लोकसेवा आयोगको अध्यक्षमा श्रेष्ठ

हिमाल प्रेस ४ कार्तिक २०८१ १८:५३ | Sunday, October 20, 2024
बागमती प्रदेश लोकसेवा आयोगको अध्यक्षमा श्रेष्ठ

हेटौँडा– बागमती प्रदेश लोकसेवा आयोगको अध्यक्षमा महेश्वर श्रेष्ठ नियुक्त भएका छन्।

बागमती प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले आइतबार श्रेष्ठलाई प्रदेश लोकसेवा आयोग ऐन, २०७६ को दफा ३ को उपदफा (१) बमोजिम गठित सिफारिस समितिको सिफारिसमा दफा ४ को उपदफा (४) बमोजिम अध्यक्ष पदमा नियुक्त गरेका हुन्।

त्रिवेणी गाउँपालिका–१ नवलपरासी निवासी श्रेष्ठ लुम्बिनी प्रदेशको बुटवलस्थित स्वास्थ्य तालिम केन्द्रको निर्देशक पदमा कार्यरत थिए। पटक–पटक सरकार परिवर्तन र सत्तारुढ दलबीच सहमति हुन नसक्दा सात महिनादेखि आयोगको अध्यक्ष नियुक्ति रोकिएको थियो।

प्रकाशित: ४ कार्तिक २०८१ १८:५३ | Sunday, October 20, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve + 12 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast