यस्तो छ ‘ह्रस्व दीर्घ’ को टिजर

हिमाल प्रेस ४ कार्तिक २०८१ ११:४३ | Sunday, October 20, 2024
यस्तो छ ‘ह्रस्व दीर्घ’ को टिजर

काठमाडौँ- फिल्म ‘ह्रस्व दीर्घ’ को टिजर सार्वजनिक भएको छ। २ मिनेट ८ सेकेन्डको टिजरमा एउटै ग्रह, नक्षत्र र भाग्य भएका दुई प्रेमीको कथा प्रस्तुत गरिएको छ। उनीहरुकै प्रेम सम्बन्धमा आइपर्ने बाधा र संघर्षको कथा फिल्मको मुख्य कथावस्तु हो।

फिल्मको मुख्य भूमिकामा नीता ढुङ्गाना र हरिहर अधिकारी छन्। फिल्ममा रेखा थापा माताको भूमिकामा छिन्। चन्द्र पन्तले निर्देशन गरेको फिल्म कात्तिक ३० मा प्रदर्शन हुनेछ।

फिल्ममा गरिमा शर्मा, विपना थापा, सरोज खनाल, प्रशान्त ताम्राकारसहित भारतीय कलाकार प्रदीप रावत, ब्रम्हनन्दम, अलिलगायतको अभिनय छ। फिल्ममा हरिहर अधिकारीको पटकथा छ। नीता फिल्म्सको प्रस्तुति रहेको फिल्मको निर्मात्री नीता ढुंगाना हुन्।

प्रकाशित: ४ कार्तिक २०८१ ११:४३ | Sunday, October 20, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast