सिरहाबाट आठजना सडकआश्रित सहयोगापेक्षी मानवको उद्धार

हिमाल प्रेस ३ कार्तिक २०८१ २०:४६
6
SHARES
सिरहाबाट आठजना सडकआश्रित सहयोगापेक्षी मानवको उद्धार

सिरहा– मेची–महाकाली राष्ट्रिय उद्धार यात्राको छैटौँ दिन शनिबार सिरहाका विभिन्न ठाउँबाट आठजना सडकआश्रित सहयोगापेक्षी मानवको उद्धार गरिएको छ।

यहाँको लहानबाट चार पुरुष र एक महिला, गोलबजारबाट एक पुरुष र एक महिला तथा मिर्चैयाबाट एक पुरुष गरी आठजनाको उद्धार गरिएको मानवसेवा आश्रमका महासचिव सुमन बर्तौलले जानकारी दिए।

‘यो पटकको चाडपर्वमा, कसैले बस्न नपरोस् सडकपेटीमा’ भन्दै मानवसेवा आश्रम र आनी छोइङ डोल्मा फाउन्डेसनको संयुक्त आयोजनामा यात्रा सुरु भएको हो।

टोलीमा सहभागी आश्रमका महासचिव बर्तौलाका अनुसार सडकपेटीबाट उद्धार गरिएका व्यक्तिहरूलाई सर्लाही सेवा केन्द्रमा पठाइएको छ।

महासचिव बर्तौलाले उद्धार टोलीले कोशी प्रदेशमा झापाबाट १२, सुनसरीबाट १२, मोरङबाट चार र उदयपुरबाट १६ गरी ४३ को उद्धार गरेको बताए। उद्धार हुनेहरूमा नौ महिला र ३५ पुरुष छन्। यसैगरी, सप्तरीबाट दुई महिला र ११ पुरुष गरी १३ जनाको उद्धार गरिएको छ।

गत असोज २६ गते विजयादशमीका दिन प्रधानमन्त्री केपी शर्मा ओलीले यात्राको उद्घाटन गरेका थिए। ३२ दिने मेची महाकाली राष्ट्रिय उद्धार यात्रा कात्तिक २७ गतेसम्म चल्नेछ।

प्रकाशित: ३ कार्तिक २०८१ २०:४६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

6 − six =