प्रधानाध्यापक र शिक्षकका लागि क्षमता विकास कार्यक्रम सुरु

हिमाल प्रेस २ कार्तिक २०८१ १०:२७ | Friday, October 18, 2024
प्रधानाध्यापक र शिक्षकका लागि क्षमता विकास कार्यक्रम सुरु

काठमाडौँ- काठमाडौँ महानगरपालिकाले प्रधानाध्यापक र शिक्षकलाई स्वामित्व सिर्जना गर्न क्षमता विकास र प्रोत्साहनका कार्यक्रम सुरु गरेको छ।

सहरी योजना आयोगका सदस्य शैलेन्द्र झाका अनुसार गुणस्तरीय शिक्षाका लागि प्रधानाध्यापक र शिक्षकलाई स्वामित्व सिर्जना गर्न क्षमता विकास र प्रोत्साहनका कार्यक्रम थालिएका छन्।

११ वटा स्रोत केन्द्रमा ११ जना स्रोत शिक्षक नियुक्ति गरिएको छ। यो नयाँ अभ्यासले नेतृत्वको नीतिलाई कार्यान्वयनसँग जोडेको छ।

गत वर्ष ग्रेड सुधार गर्न अतिरिक्त समयमा उपचारात्मक कक्षा सञ्चालन गर्न विद्यालयलाई आर्थिक अनुदान प्रदान गरिएको थियो। २०८० सालको एसईईमा ७८ प्रतिशत विद्यार्थीले बी ग्रेडभन्दा माथिको नतिजा हासिल गर्नु कार्यक्रमको उपलब्धि थियो।

यो सफल अभ्यासलाई निरन्तरता दिँदै महानगरपालिकाको गौरव योजनाअन्तर्गत ‘गरिखाने शिक्षा, महानगरको इच्छा’ अन्तर्गत विद्यार्थीको नतिजा सुधार गर्न दसैँ र तिहारकोबीच र जाडो बिदामा एसईई सहायता हुने गरी ‘फेस्टिभल क्याम्प’ सञ्चालन गर्न लागेको छ।

प्रकाशित: २ कार्तिक २०८१ १०:२७ | Friday, October 18, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 + 11 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast