क्रिकेटमा नेपालद्वारा अमेरिका पराजित

हिमाल प्रेस २ कार्तिक २०८१ ९:२४
18
SHARES
क्रिकेटमा नेपालद्वारा अमेरिका पराजित तस्बिर स्रोत : नेपाल क्रिकेट संघ

काठमाडौँ- अमेरिकासँगको पहिलो टि ट्वान्टीमा नेपाल विजयी भएको छ। अमेरिकाको डालसस्थित ग्रान्ड प्रेरीमा शुक्रबार सम्पन्न खेलमा नेपाल १७ रनले विजयी भएको हो।

पहिला ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ६४ रनको योगफल तयार गरेको थियो। प्रत्युत्तरमा ब्याटिङ गरेको अमेरिकाले पहिलो पावर प्लेमै तीन विकेट गुमाएको थियो। त्यसपछि अमेरिका दबाबमा परेको थियो। अमेरिकाले पूरा २० ओभर खेल्दै ७ विकेट गुमाएर मात्र १४७ रन मात्र बनाउन सक्यो।

नेपालका लागि कप्तान रोहितकुमार पौडेलले ३३ बलमा सर्वाधिक ४९ रन बनाएका थिए। यसैगरी दीपेन्द्रसिंह ऐरीले २८, तथा ओपनरद्वय अनिल शाह र आसिफ शेखले समान २७ रन बनाएका थिएका थिए भने गुल्सन झाले ११ र कुशल भुर्तेलले १० रन बनाउँदा करण केसी र आरिफ सेख गोल्डेन डकआउट भएका थिए।

तीन खेलको शृंखलामा नेपालले १–० को अग्रता लिएको छ। अब दोस्रो खेल शनिबार हुनेछ।

प्रकाशित: २ कार्तिक २०८१ ९:२४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 1 =