शेख हसिनाविरूद्ध पक्राउ पुर्जी

हिमाल प्रेस १ कार्तिक २०८१ १५:५४
6
SHARES
शेख हसिनाविरूद्ध पक्राउ पुर्जी शेख हसिना

काठमाडौँ- बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाविरूद्ध पक्राउ पुर्जी जारी भएको छ। बंगलादेशको एक विशेष अदालतले हसिनाविरूद्ध पक्राउ पुर्जी जारी गरेको हो।

उनीमाथि गएको जुलाई–अगस्तमा बंगलादेशमा भएका अपराधहरूमा संलग्न भएको आरोप लगाइएको छ।

दुई फरक–फरक मुद्दामा हसिना र ओबैदुल कादरसहित कुल ४६ जनाविरूद्ध अन्तर्राष्ट्रिय अपराध न्यायीकरण (आईसीटी) ले वारेन्ट जारी गरेको छ। उनीहरूलाई १८ नोभेम्बरअघि आईसीटीसमक्ष उपस्थित हुन भनिएको छ।

आईसीटीले एउटा मुद्दामा हसिनाविरूद्ध वारेन्ट जारी गरेको छ भने अर्को मुद्दामा अवामी लिगका महासचिव ओबैदुल कादरसहित ४५ जनाविरूद्ध वारेन्ट जारी गरिएको हो।

शिक्षाविद् प्राध्यापक जफर इकबाल र पूर्वन्यायाधीश शम्सुद्दीन चौधरी मणिकविरूद्ध पनि पक्राउ पुर्जी जारी भएको छ।

बिहीबार आईसीटीका अध्यक्ष मोहम्मद गुलाम मुर्तजाको अध्यक्षमा बसेको इजलासले यो आदेश जारी गरेको हो।

आईटीसीमा सन् १९७१ मा मुक्ति संग्रामका बेला मानवीय अपराधका सम्बन्धमा सुनुवाई भएको थियो।

गत अगस्तमा विद्यार्थी आन्दोलन र विरोधका कारण हसिनाले प्रधानमन्त्री पदबाट राजीनामा दिएर बंगलादेश छोडेकी थिइन्। उनी देश छोडेर अहिले भारतमा बसिरहेकी छन्।

प्रकाशित: १ कार्तिक २०८१ १५:५४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten + 15 =