टीआरसी : छानबिन समितिलाई पूर्णता दिन शीर्ष नेता सहमत

हिमाल प्रेस १ कार्तिक २०८१ १५:३२ | Thursday, October 17, 2024
टीआरसी : छानबिन समितिलाई पूर्णता दिन शीर्ष नेता सहमत

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता भएको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा यी तीन नेताबीच दसैँपछि पहिलोपटक भेट भएको हो। आजको भेटमा गृहमन्त्री रमेश लेखक, माओवादी केन्द्रका उपमहासचिव शक्तिबहादुर बस्नेत, महान्यायाधिवक्ता रमेश बडाल लगायतका नेताहरू सहभागी थिए।

भेटमा यी तीन दलका शीर्ष नेताहरू सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिहरूको छानबिन आयोग गठनका विषयमा सहमत भएका छन्।

शान्ति प्रक्रियालाई टुङ्गोमा पुर्‍याउने विषयसँग जोडिएका बाँकी विषय टुङ्ग्याउन दलहरू सहमत भएको माओवादी केन्द्रका उपमहासचिव बस्नेतले जानकारी दिएका छन्। तत्काल सर्च कमिटीलाई पूर्णता दिएर आयोग गठन गर्ने कुरामा दलहरू एक मत भएको बताउँदै उनले एक–दुई दिन भित्रमा सर्च कमिटी गठन हुने बताए।

गत भदौ १३ गते राष्ट्रपतिबाट ती आयोगसम्बन्धी कानुनलाई संशोधन गर्ने विधेयक प्रमाणीकरण भएको थियो।

प्रकाशित: १ कार्तिक २०८१ १५:३२ | Thursday, October 17, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen + 14 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast