बुध्द एयरको जहाजमा उड्दाउड्दै समस्या

हिमाल प्रेस १ कार्तिक २०८१ ८:५६
98
SHARES
बुध्द एयरको जहाजमा उड्दाउड्दै समस्या

काठमाडौँ- बुध्द एयरको उडिरहेको जहाजमा समस्या देखिएपछि सुरक्षित अवतरण गरिएको छ। बिहीबार बिहान माउन्टेन फ्लाइटका लागि उडेको उडान नं १००, जहाज नाइन एन-एजेएस जहाजमा प्राविधिक समस्या देखिएपछि सुरक्षित अवतरण गरिएको हो।

‘दायाँ इन्जिनमा प्राविधिक समस्या देखिएकाे हुँदा जहाजलाई डाइभर्ट गरी काठमाडौँ विमानस्थलमा सुरक्षित अवतरण गराइएकाे छ’, बुध्द एयरले सामाजिक सञ्जाल एक्समा लेखेको छ। प्राविधिक टाेलीले जहाज परीक्षण गरिरहेको जनाइएको छ।

 

प्रकाशित: १ कार्तिक २०८१ ८:५६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen − 8 =