सुगमको ‘सबैको हुन खोजेर’ सार्वजनिक

हिमाल प्रेस १ कार्तिक २०८१ ६:५७ | Thursday, October 17, 2024
सुगमको ‘सबैको हुन खोजेर’ सार्वजनिक

काठमाडौँ- गायक सुगम पोखरेलको नयाँ गीतिसंग्रह ‘नवमी’ मा रहेको ‘सबैको हुन खोजेर’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको छ। उक्त गीतमा शब्द, संगीत सुगम आफ्नै रहेको छ भने संगीत संयोजन शिवम रसाइलीले गरेका छन्।

फरक प्रस्तुतिसहित भिडियोमा प्रस्तुत भएका सुगमलाई कलाकारहरु सुनिता शेरचन, ममता प्रसाई र जेबिशा दाहालले साथ दिएका छन्। गीतको म्युजिक भिडियो अल्टिमेट सिजापति ब्यानरमा बनेको हो।

आफ्ना अन्य गीत जस्तै यो गीतलाई पनि सबै दर्शक श्रोताले मन पराउने आशा सुगमले गरेका छन्। दसैँको नवमीको दिन पारेर पोखरेलको नयाँ गीतिसंग्रह ‘नवमी’ पनि सार्वजनिक गरिएको छ। गीतिसंग्रह ‘नवमी’ सुगमको ९ औँ संग्रह हो।

प्रकाशित: १ कार्तिक २०८१ ६:५७ | Thursday, October 17, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast