अहिलेको गठबन्धन पूर्ण अवधि चल्छ : प्रधानमन्त्री ओली

हिमाल प्रेस ३० असोज २०८१ १९:०४ | Wednesday, October 16, 2024
अहिलेको गठबन्धन पूर्ण अवधि चल्छ : प्रधानमन्त्री ओली

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले प्रहरीसम्बन्धी कानुन छिट्टै पारित हुने बताएका छन्।

प्रहरी दिवसको अवसरमा बुधबार प्रहरी प्रधान कार्यालय नक्सालमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेपाल प्रहरीलाई सबल, सक्षम बनाउने प्रहरीसम्बन्धी कानुन चाँडै पारित हुने बताएका हुन्।

फरक प्रसङ्गमा प्रधानमन्त्री ओलीले यो सरकार पूरै अवधि चल्ने दाबी गरे। सरकार परिवर्तनको हल्ला निराधार भएको भन्दै उनले वर्तमान गठबन्धनको सरकार पूरा अवधि चल्ने बताए।

ओलीले दिनैपिच्छे सरकार परिवर्तन हुन्छ भन्ने सुनिने गरेको र त्यसका पछाडि नलाग्न आग्रह गरे।

प्रमुख प्रतिपक्षी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ तर्फ इंगित गर्दै उनले यस्तो टिप्पणी गरेका हुन्। केही समयपछि सरकार परिवर्तन हुनसक्ने भन्दै प्रचण्डले टिप्पणी गर्दै आएका छन्।

‘दसैँपछि तुरून्त परिवर्तन हुन्छ रे! कुन दसैँ भन्या? २०८४ को दसैँपछि चुनावमा? ठीकै हो,’ ओलीले भने।

लामो इतिहास बोकेको नेपाली कांग्रेस र एमाले मिलेर बनेको दुईतिहाईको सरकार खरानीको डल्लो नभएको उनले बताए।

ओलीले अब आफूले करिब एक वर्ष ९ महिना सरकारको नेतृत्व गर्ने र त्यसपछि कांग्रेस सभापति शेरबहादुर देउवालाई सत्ता हस्तान्तरण दोहोर्‍याएका छन्।

देउवा नेतृत्वको सरकारले २०८४ को चुनाव गराउने भन्दै उनले ढुक्क रहन आग्रह गरे।

 

प्रकाशित: ३० असोज २०८१ १९:०४ | Wednesday, October 16, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast