यी हुन् शिक्षक–कर्मचारीलाई तलब नदिने स्थानीय तह

हिमाल प्रेस ३० असोज २०८१ ११:१६
744
SHARES
यी हुन् शिक्षक–कर्मचारीलाई तलब नदिने स्थानीय तह

काठमाडौँ- केही स्थानीय तहले चाडबाडमा पनि सामुदायिक विद्यालयका शिक्षक–कर्मचारीलाई तलब नदिएको पाइएको छ। नेपाल राष्ट्रिय शिक्षक संगठनका महासचिव हंसबहादुर शाहीका अनुसार १२ जिल्लाका ३१ स्थानीय तहले दसैँ, तिहार र छठजस्ता महत्त्वपूर्ण चाडमा पनि तलब नदिएका हुन्।

बालविकासदेखि माध्यमिक तहसम्मको शिक्षा प्रदान गर्ने अधिकार स्थानीय तहलाई छ। संघीय सरकारबाट विद्यालय शिक्षक–कर्मचारीको तलबभत्ता निकासा गर्ने दायित्व स्थानीय सरकारलाई सुम्पिएको अवस्था छ।

संघीय सरकारबाट उपलब्ध सशर्त अनुदान अनुसार स्थानीय तहले समयमा नै तलबभत्ता वितरण गर्नुपर्नेमा हालसम्मको प्राप्त जानकारी अनुसार दसैँ, तिहार, छठ र नेपाल सम्वत् लगायतका महत्त्वपूर्ण चाडपर्वमा केही स्थानीय तहले शिक्षकको चाडपर्व खर्च तथा नियमित तलबभत्ता निकासा नगरिँदा शिक्षक–कर्मचारी समयमानै तलबभत्ता प्राप्त गर्ने अधिकारबाट वञ्चित रहेको संगठनले जनाएको छ।

शिक्षकले आफ्नो पदमा बहाल गरेको मितिदेखि प्रत्येक महिना भुक्तान गरेपछि तलबभत्ता पाउने व्यवस्था संविधानमै छ। संगठनले संवैधानिक तथा कानुनी व्यवस्था बमोजिम तत्कालै शिक्षक तथा कर्मचारीको तलबभत्ता निकासा गर्न सम्बन्धित स्थानीय तहको ध्यानाकर्षण गराएको छ।

प्रकाशित: ३० असोज २०८१ ११:१६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 3 =