साहित्यतर्फको नोबेल पुरस्कार हान काङलाई

हिमाल प्रेस २४ असोज २०८१ १८:०६ | Thursday, October 10, 2024
साहित्यतर्फको नोबेल पुरस्कार हान काङलाई साहित्यतर्फको नोबेल पुरस्कार विजेता दक्षिण कोरियाली उपन्यासकार हान काङ। फाइल तस्बिर : एपी/रासस

काठमाडौँ- साहित्यतर्फको नोबेल पुरस्कार दक्षिण कोरियाली उपन्यासकार हान काङले पाएकी छन्। स्विडिस एकेडेमीले ‘द भेजिटेरियन’ उपन्यासका लेखिका हाङलाई पुरस्कार दिने घोषणा बिहीबार गरेको बीबीसीले जनाएको छ।

हानलाई मानव जीवनको त्रासदी र भविष्यमा आउने उतारचढाव उजागर गरेबापत पुरस्कार दिइएको हो। एकेडेमीले भनेको छ, ‘हानको गद्यले ऐतिहासिक आघातहरूको सामना गर्दछ र मानव जीवनको कमजोर पक्षलाई उजागर गर्दछ।’

५३ वर्षीया आख्यानकार हानले सन् २०१६ मा सोही उपन्यासका लागि बुकर इन्टरनेसनल पुरस्कार पनि पाएकी थिइन्।

नोबेल पुस्कार समितिले सन् १९०१ देखि साहित्यमा पुरस्कार दिन थालेको हो। साहित्य क्षेत्रमा नोबेल पुरस्कार पाउने हान अठारौँ महिला हुन्। साथै उनी नोबेल पुरस्कार पाउने पहिलो दक्षिण कोरियाली बनेकी छन्। द भेजिटरियन सन् २०१५ मा अंग्रेजीमा अनुवाद गरिएको थियो।

प्रकाशित: २४ असोज २०८१ १८:०६ | Thursday, October 10, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen − five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast