भोलिदेखि बीपी राजमार्ग खुल्छ : प्रधानमन्त्री ओली

हिमाल प्रेस २४ असोज २०८१ १५:५२
8
SHARES
भोलिदेखि बीपी राजमार्ग खुल्छ : प्रधानमन्त्री ओली

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले बीपी राजमार्ग शुक्रबारबाट सञ्चालनमा आउने बताएका छन्।
प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमार्फत यो जानकारी दिएका हुन्।

केही दिनअघि अविरल वर्षापछि आएको बाढीपहिरोका कारण काठमाडौँलाई तराईसँग जोड्ने सबैभन्दा छोटो बाटो बीपी राजमार्ग अवरूद्ध भएको छ। विभिन्न स्थानमा गएको पहिरो र बाढीले सडक बगाउँदा बीपी राजमार्ग सञ्चालनमा आउन नसकेको हो।

प्रधानमन्त्री ओलीले राजमार्गमा पहिरोको अवरोध खुलाउन आफ्नो टोलीसहित फिल्डमा रहेका भौतिक पूर्वाधार मन्त्रालयका सचिव इन्जिनियर केशव शर्मासँग भएको कुराकानीअनुसार शुक्रबारदेखि बाटो सञ्चालनमा आउने बताएका छन्।

उनले सचिव शर्माले शुक्रबार बिहान १० बजेदेखि बीपी राजमार्ग सञ्चालनमा आउने बताएको जानकारी दिएका छन्।

‘बीपी राजमार्गमा पहिरोको अवरोध खुलाउन आफ्नो टोलीसँग फिल्डमा रहनु भएका भौतिक पूर्वाधार मन्त्रालयका इन्जियनिर केशव शर्मासँग केहीबेरअघि टेलिफोनमा कुरा भयो। उहाँ सडक मर्मत गर्ने प्राविधिक टोलीसहित रोशी गाउँपालिका–९ को दाउने भन्ने ठाउँमा हुनुहुन्छ। उहाँका अनुसार भोलि १० बजेसम्म बीपी राजमार्ग सञ्चालनमा आउने छ। आज दिनभर र रातभर काम गर्दा बाँकी रहको तीन ठाउँको अवरोध हट्ने छ,’ ओलीले भनेका छन्।

सचिव शर्माले भोलि राजमार्ग खुलेपछि मात्र दसैँ मान्ने बताएको भन्दै प्रधानमन्त्री ओलीले सडक खुलाउने प्रयास गरिरहेका प्राविधिक टोलीलाई धन्यवाद दिएका छन्।

प्रकाशित: २४ असोज २०८१ १५:५२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 1 =