काठमाडाैँमा मेलम्चीकाे पानी

हिमाल प्रेस २२ असोज २०८१ १६:०३
6
SHARES
काठमाडाैँमा मेलम्चीकाे पानी

काठमाडौँ- मेलम्चीको पानी पुनः काठमाडौँमा आउन सुरू भएको छ। मनुसुनका कारण बन्द भएको मेलम्चीको पानी आउन सुरू भएको हो।

खानेपानीमन्त्री प्रदीप यादवले वर्षाका कारण बन्द भएको मेलम्चीको पानी काठमाडौँ उत्यकामा आउन सुरू भएको जानकारी दिए।

काठमाडौँ उपत्यकामा पथान्तरण गर्ने मेलम्ची संघर्ष समितिसँग सोमबार गरिएको सहमतिपश्चात पानी आपूर्ति सुरू गरिएको उनले बताए।

‘मनसुनका कारण बन्द रहेको मेलम्ची नदीको पानी काठमाडौँ उपत्यका पथान्तरण गर्ने मेलम्ची संघर्ष समितिसँग हिजो गरिएको सहमतिपश्चात आज मैले आफैँ सुन्दरीजल पानी प्रशोधन केन्द्र पुगेर काठमाडौैँ उपत्यकामा पानी आपूर्ति सुरू गरेको हुँ,’ उनले भने,‘आजदेखि काठमाडौँ उपत्यकावासीले मेलम्चीको पानी प्रयोग गर्न सक्नुहुनेछ।’

वर्षायाम सुरू भएपछि मेलम्ची खानेपानी विकास समितिले सुरूङको ढोका बन्द गरेर गत पानी आपूर्ति बन्द गरेको थियो।

प्रकाशित: २२ असोज २०८१ १६:०३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 + five =