अटुट सम्बन्ध

हिमाल प्रेस २६ असोज २०८१ ६:४३
86
SHARES
अटुट सम्बन्ध

न त कुनै बन्धन छ
न त कुनै स्वतन्त्र उडान
न कुनै अग्निसाक्षी
सबैले बुझेजस्तो!

यो कस्तो सम्बन्ध!
छ त केवल तिमी मेरो
म तिम्रै हुँ
र तिमी मेरै हौ
भन्ने एउटा मिठो आभास

आखिर जीवन
यिनै आभासहरूको खात मात्र रहेछ
त्यही खातमा रूमल्लिई रहेकी म
सायद तिमी पनि!

यो कुनै जन्मको रहलपहल हो
कि बक्यौता कुनै जन्मका लागि??

भैँसेपाटी,ललितपुर

प्रकाशित: २६ असोज २०८१ ६:४३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 2 =