सिन्धुलीमा बस दुर्घटना, दुई जनाको घटनास्थलमै मृत्यु

हिमाल प्रेस २१ असोज २०८१ १७:०९
32
SHARES
सिन्धुलीमा बस दुर्घटना, दुई जनाको घटनास्थलमै मृत्यु तस्बिर : सन्जीत कार्की

सिन्धुली– सिन्धुलीमा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। काठमाडौँबाट भोजपुर जाँदै गरेको बस मदनभणडरी राजमार्गअन्तर्गत सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका–५ द्वारखोलानजिक दुर्घटना भएको हो।

दुर्घटनामा परी तीन जनाको मृत्यु भएको प्रहरीले जनाएको छ। मृतकहरूको पहिचान नखुलेको प्रहरीले बताएको छ।
बागमती प्रदेश ०१–००६ ख ६७८५ नम्बरको बस दुर्घटना भएको हो।

सिन्धुलीका प्रहरी प्रमुख एसपी गोविन्दराज काफ्लेले दुई जनाको मृत्यु भएको जानकारी दिए। उनले भने,‘दुई जनाको मृत्यु भएको बुझिएको छ, विवरण आउन बाँकी छ। हामी रेस्क्यु गर्दैछौँ।’

घटनाको थप विवरण आउन बाँकी रहेकाे उनले बताए।

प्रकाशित: २१ असोज २०८१ १७:०९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 2 =