प्रधानमन्त्री उद्धार कोषमा नेपाल बैँकको २ करोड

हिमाल प्रेस २० असोज २०८१ १३:२३
10
SHARES
प्रधानमन्त्री उद्धार कोषमा नेपाल बैँकको २ करोड

काठमाडौँ- नेपाल बैँक लिमिटेडले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २ करोड सहयोग गरेको छ। नेपाल बैँक सञ्चालक समितिका अध्यक्ष डा चन्द्रबहादुर अधिकारीसहितका पदाधिकारीले प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष आज उक्त चेक हस्तान्तरण गरे। बाढी, पहिरो र डुबानका कारण प्रभावित जनताको राहतका लागि बैंकले उक्त सहयोग गरेको हो।

सो अवसरमा प्रधानमन्त्री ओलीले धन्यवाद दिँदै लगानीकर्ता र उद्योगधन्धालाई प्रोत्साहन हुने गरी कर्जा प्रवाह गर्न र खराब कर्जाप्रति कडाइका साथ काम गर्न आग्रह गरे। उनले कसैको अनुहार नहेरी प्रणाली र कानुनअनुसार काम गर्न पनि आग्रह गरे।

यसअघि शुक्रबार विभिन्न वित्तीय संस्थाबाट गरी ३ करोड ४८ लाखको चेक हस्तान्तरण भएको थियो। मन्त्रिपरिषद्को गत सोमबारको बैठकले उक्त कोषमा प्रारम्भिकरुपमा रु एक अर्ब रकम जम्मा गर्ने निर्णय गरेको थियो। कोषमा अन्य संस्था र व्यक्तिहरूबाट सहयोगको क्रम जारी छ।

प्रकाशित: २० असोज २०८१ १३:२३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 + 2 =