चाडपर्वको बेला धमाधम अनुगमन

हिमाल प्रेस १९ असोज २०८१ २०:१४
6
SHARES
चाडपर्वको बेला धमाधम अनुगमन

पोखरा– पोखरा महानगरपालिकाले विभिन्न खाद्यान्न पसलमा चाडपर्वलक्षित अनुुगमन सुरु गरेको छ। दशैँतिहार लगायतका ठूला चाडपर्वमा धेरै खाद्य सामग्री खपत हुने भएकाले व्यापारीले उपभोक्ता ठगी गर्न मूल्यवृद्धि गर्ने, म्याद गुज्रेका सामान बिक्री वितरणका राख्ने, कालोबजारी गर्ने, खाद्य सामग्रीमा मिसावट गर्ने सम्भावना भएकाले विगतमा झैं अनुगमन गरिएको पोखरा महानगरपालिका उपप्रमुख एवं अनुुगमन समिति संयोजक मञ्जुुदेवी गुुरुङले बताइन्।

अनुगमनका क्रममा म्याद गुु्ज्रेका खाद्य सामग्री बिक्री वितरण गरेको, नापतौल मेसिनसहित पसलको समेत नवीकरण नगरेको, अनुमति नलिई प्याकेजिङ गरेको, मूल्यसूची टाँस नगरेको, लेवल नभएका सामान बिक्रीका लागि राखेकोसमेत भेटिएको पोखरा महानगरपालिका उपप्रमुख एवं अनुगमन समिति संयोजक मञ्जुुदेवी गुुरुङले बताइन्।

गुुरुङको नेतृत्वमा पोखरा वडा २, ३ र ८ स्थित विभिन्न ८ पसलमा गरिएको अनुगमनमा त्यस्तो भेटिएको हो। जसमा म्याद गुु्ज्रेका खाद्य सामग्री तथा सरकारले प्रतिबन्ध लगाएको प्लाष्टिक माला तथा फूलगुुच्छा जफत गरी ११ हजार रुपैयाँ बराबरको सामग्री नष्ट गरिएको महानगर उद्योग शाखाका अधिकृत ऋषिराम सापकोटाले बताए। सापकोटाका अनुसार दोषीलाई आवश्यक कारबाहीका लागि कागजातसहित कार्यालयमा उपस्थित हुन निर्देशन दिइएको छ।

अनुगमन टोलीले पोखरा २, नालाकोमुखस्थित भवानी पूजा सामग्री, महालक्ष्मी पूजा सामग्री भण्डार, मोहरियाटोलस्थित सेलवेज क्यास एण्ड क्यारी प्रालि, एसएए स्टोर्स, गौचन स्टोर्स, ओझा किराना पसल, वडा ३ को साथी सपिङ सेन्टर र पोखरा ८ मा रहेको सहारा ट्रेडिङमा अनुगमन गरेको हो।

भवानी पूजा सामग्री पसलमा भेटिएको प्रतिबन्धित प्लाष्टिकका माला र फूलका गुुच्छा नष्ट गरिएको थियो भने प्याकेजिङ अनुुमतिपत्र नलिई प्याकेजिङ गरेर बिक्री वितरण गरेको, व्यवसाय नवीकरण नगरेको हुँदा थप कारबाहीका लागि कार्यालयमा उपस्थित हुन निर्देशन दिइएको छ।

महालक्ष्मी पूजा सामग्रीबाट १ हजार ५ सय रुपैयाँ बराबरको प्लाष्टिकका माला नष्ट गरिएको छ। उक्त पसलमा मूल्यसूची नभएको व्यवसाय दर्ता, नापतौलको दर्ता नभएको, लेवल नभएका सामग्री बिक्री वितरण गरेको पाइएको अनुगमन टोलीले जनायो।

एसएस स्टोर्समा १ हजार ५ सय मूल्य बराबरको म्याद गुुज्रेको आइसक्रिम नष्ट गरियो। उक्त स्टोर्सले प्याकेजिङ तथा ब्राण्डिङको इजाजत नलिएको, लेवल नखुलेको सामान बिक्री विरतण गरेको, व्यवसाय दर्ता नभएको पाइएकाले पोखरा महानगरमा उपस्थित हुन निर्देशन दिइएको छ।

ओझा किराना पसलबाट बदाम, चोकोज, कुुरकुुरे जिरा, पानीपुरी समेत गरी १ हजार २ सय रुपैयाँ बराबरका सामग्री नष्ट गरिएको छ । गौचन स्टोर्सबाट १ सय ७० बराबरको म्याद गुज्रेको १ लिटर बराबर सफल दही जफत गरी नष्ट गरियो।

साथी सपिङ सेन्टरमा म्याद गुुज्रेका तेल, मकैको मिठो, दालचिनीको धुलो मसला गरी ४ हजार रुपैयाँ बराबरको खाद्यसामग्री नष्ट गरिएको थियो।

सेलवेज क्यास एण्ड क्यारी प्रालिमा म्याद गुुज्रेको २ सय ग्रामको पनीर र १ लिटर खानेतेल ६ सय ४० रुपैयाँ बराबरको सामग्री नष्ट गरिएको छ।

पोखरा महानगरपालिकाले गत महिना माछा, मासु र दूधमा अनुगमन गरेको थियो । महानगरसहित वडा १२, वडा ३ ले पनि आफ्ना वडामा अनुगमन गरिरहेका छन्।

प्रकाशित: १९ असोज २०८१ २०:१४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 − eight =