कति छ आज अमेरिकी डलर?

हिमाल प्रेस १९ असोज २०८१ ६:५१
10
SHARES
कति छ आज अमेरिकी डलर?

काठमाडौँ- नेपाल राष्ट्र बैंकले आज (शनिबार) का लागि विदेशी मुद्राहरूको विनिमय दर सार्वजनिक गरेको छ।

आज आज अमेरिकी डलरको मूल्य हिजोकै यथावत रहँदा अरू धेरै मुद्राको विनियमदर घटबढ भएको छ। अस्ट्रेलियन डलर, युरो, दिनारसहित धेरैजसो विदेशी मुद्राको मूल्य आज घटेको छ भने पाउन्डको मूल्य भने बढेको छ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विदेशी मुद्राहरुको विनिमय दरअनुसार आजका लागि अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ ०६ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ६६ पैसा छ। हिजो पनि अमेरिकी डलर यही मूल्यमा कारोबार भएको थियो।

त्यसैगरी आजको लागि यूरो एकको खरिददर एकसय ४७ रुपैयाँ ८९ पैसा र बिक्रीदर एक सय ४८ रुपैयाँ ५६ पैसा कायम भएको छ। हिजो यूरो एकको खरिददर एकसय ४८ रुपैयाँ ०२ पैसा र बिक्रीदर एक सय ४८ रुपैयाँ ६८ पैसा थियो।

आज पाउण्ड स्ट्रलिङ एकको खरिददर एक सय ७६ रुपैयाँ ५५ पैसा र बिक्रीदर एक सय ७७ रुपैयाँ ३४ पैसा निर्धारण भएको छ। हिजो पाउण्ड स्ट्रलिङ एकको खरिददर एक सय ७५ रुपैयाँ ६६ पैसा र बिक्रीदर एक सय ७६ रुपैयाँ ४४ पैसा थियो।

आज अस्ट्रेलियन डलर एकको खरिददर ९१ रुपैयाँ ७२ पैसा र बिक्रीदर ९२ रुपैयाँ १३ पैसा निर्धारण भएको छ। हिजो अस्ट्रेलियन डलर एकको खरिददर ९१ रुपैयाँ ४७ पैसा र बिक्रीदर ९२ रुपैयाँ १५ पैसा थियो।

त्यसैगरी कुबेती दिनार एकको खरिददर चार सय ३८ रुपैयाँ १२ पैसा र बिक्रीदर चार सय ४० रुपैयाँ ०८ पैसा कायम भएको छ। हिजो कुबेती दिनार एकको खरिददर चार सय ३८ रुपैयाँ २० पैसा र बिक्रीदर चार सय ४० रुपैयाँ १७ पैसा थियो।

आज बहराइन दिनार एकको खरिददर तीन सय ५५ रुपैयाँ ४८ पैसा र बिक्रीदर तीन सय ५७ रुपैयाँ ०७ पैसा कायम भएको छ। हिजो बहराइन दिनार एकको खरिददर तीन सय ५५ रुपैयाँ ५७ पैसा र बिक्रीदर तीन सय ५७ रुपैयाँ १६ पैसा थियो।

प्रकाशित: १९ असोज २०८१ ६:५१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 − one =