विपद र चाडसँगै आएकाले हवाई चाप बढेको हो : मन्त्री पाण्डे

हिमाल प्रेस १८ असोज २०८१ १५:०२
4
SHARES
विपद र चाडसँगै आएकाले हवाई चाप बढेको हो : मन्त्री पाण्डे

काठमाडौं– संस्कृति पयर्यटन तथा नागरिक उड्डनमन्त्री बद्री पाण्डेले विपद् र चाड सँगै आएका कारण हवाई चाप बढेको बताएका छन्।

शुक्रबार त्रिभुवन अन्तराष्ट्र्रिय विमानस्थलमा नेपाल हवाई नियन्त्रक संघको २३औँ वार्षिक साधरण सभालाई सम्बोधन गर्दै मन्त्री पाण्डेले यस्ताे बताएका हुन्।

मन्त्री पाण्डेले भने, ‘विपद र महान चाडहरुसँगै आएका कारण हवाई चाप बढेको छ। यसलाई कसरी न्यायोचित बनाउने भन्ने विषयमा हामी निरन्तर काम गरिरहेका छौँ।’ उनले यात्रुहरुको सहजताका लागि मन्त्रालयले निरन्तर काम गरिरहेको उल्उलेख गरे।

पाण्डेले पर्यटनमन्त्रालय सम्बद्ध संस्कृति,पर्यटन र हवाई नीतिहरु परिमार्जनको क्रममा रहेको बताउँदै ऐन नीतिहरु बनाएर सुदृढिकरण गर्ने बताए।

मन्त्री पाण्डेले ट्रेड युनियनलगायतका संघ,संस्थाहरुले सत्य, तथ्य कुरा मात्रै पस्कनु पर्नेमा जोड दिए। उनले नेपालको हवाइ आकाश सुरक्षित रहेको छ भन्ने सन्देश दिन समेत अनुरोध गरे।

मन्त्री पाण्डेले आज नै त्रिभुवन अन्तराष्ट्र्रिय विमानस्थलमा यातायातसम्बद्ध पदाधिकारीहरुसँग छलफल गरेका छन्। साथै उनले त्रिभुवन अन्तराष्ट्र्रिय विमानस्थलको टावरको समेत अवलोकन गरेका थिए।

प्रकाशित: १८ असोज २०८१ १५:०२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen + nine =