गोरखाको ठेउवाटारमा पाँच दिनदेखि विद्युत् अवरुद्ध

हिमाल प्रेस १७ असोज २०८१ १३:३४
8
SHARES
गोरखाको ठेउवाटारमा पाँच दिनदेखि विद्युत् अवरुद्ध पहिरोले विद्यु्त् खम्बामा क्षति। प्रतिनिधिमूलक तस्बिर।

गोरखा- सहिदलखन गाउँपालिका–४ स्थित ठेउवाटार र आसपासका क्षेत्रमा बाढीले विद्युत्को खम्बामा क्षति पुर्‍याएपछि पाँच दिनदेखि सो क्षेत्रमा विद्युत् अवरुद्ध भएको छ।

सहिदलखन गाउँपालिकाको ठेउवाटार र चितवनको इच्छाकामना गाउँपालिका–४ धारापानी जोड्ने झोलुङ्गे पुल बाढीले बगाउँदा विद्युत्का खम्बामा क्षति पुगेपछि सेवा अवरुद्ध भएको नेपाल विद्युत् प्राधिकरण मुग्लिन वितरण केन्द्रका प्रमुख शेषमणि अधिकारीले जानकारी दिए।

‘झोलुङ्गे पुलसँगै विद्युत्का चार वटा खम्बामा बाढीले क्षति पुर्‍याएको छ’, उनले भने,‘खम्बामा टाँगिएका सबै तार त्रिशुली नदीले बगाएपछि नयाँ तार फेरेर अवरुद्ध विद्युत् सञ्चालन गर्ने तयारी भइरहेको छ।’

क्षति भएका खम्बा मर्मत गरिसकिएको बताउँदै अधिकारीले विद्युत् नियमित सञ्चालन हुने जानकारी दिए। ‘पोल मर्मत गरी नयाँ तार नयाँ फेर्ने काम सकिएको छ’, उनले भने,‘तत्काल विद्युत् सञ्चालन गर्ने तयारी भइरहेको छ।’

विद्युत् अवरुद्ध हुँदा ठेउवाटार, माथिल्लोटार, तल्लोटार र आसपासका क्षेत्रका बासिन्दाको दैनिकी प्रभावित भएको सहिदलखन–४ का वडाध्यक्ष यामबहादुर थापाले बताए।

प्रकाशित: १७ असोज २०८१ १३:३४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven − 5 =