चनिकलाल भन्छन् : श्रीमतीले नजानू भन्दै थिइन्

हिमाल प्रेस १७ असोज २०८१ ८:४८
54
SHARES
चनिकलाल भन्छन् : श्रीमतीले नजानू भन्दै थिइन् नख्खु खोलामा आएको बाढीमा परेका दुईजनालाई उद्धार गरेबापत चनिकलाल तामाङलाई सम्मान गर्दै ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जन।

ललितपुर– ललितपुर महानगरले नख्खु खोलामा आएको बाढीमा परेका दुईजनालाई उद्धार गर्ने चनिकलाल तामाङलाई सम्मानसहित पुरस्कृत गरेको छ।

तामाङलाई बुधबार महानगरमा आयोजित कार्यक्रममा नगर प्रमुख चिरीबाबु महर्जनले एक लाख नगदसहित सम्मानपत्र प्रदान गरे। महानगरको कार्यपालिकाको पछिल्लो बैठकले तामाङलाई सम्मानसहित पुरस्कृत गर्ने निर्णय गरेको थियो।

नगर प्रमुख महर्जनले चनिकलाल तामाङको बहादुरीको प्रसंशा गरे। उनले भने, ‘तपाईँले गर्नुभएको कामको जुन शब्दले प्रसंशा गरे पनि पुग्दैन, नगरबासी र नगरपालिकाको तर्फबाट धेरैधेरै धन्यवाद।’ महर्जनले चनिकलालले गरेको काम मानवताको उत्कृष्ट र अतुलनीय नमुना भएको बताए।

असोज १२ गते नख्खु खोलामा आएको बाढीमा बगेका दुईजनाको उद्धार गरेका थिए।

चनिकलाल श्रेष्ठले बाढीसँगै बगिरहेकालाई उद्धार गर्दा अतुलनीय आत्मसन्तुष्टि मिलेको बताए। उनले भने, ‘श्रीमतीले नजानु, नजानु भन्दै थिइन्, होइन म जान्छु भन्दै गएँ, मान्छे बचाएर फर्केँ।’

उनले सम्मान र पुरस्कारका लागि आफू उर्लँदो खोलामा हाम नफालेको बताए। उनले भने, ‘मलाई यस्तो सम्मान पाउँला भन्ने थाहै थिएन। मेरो काम देखेर सम्मान गर्नुभयो तपाईँहरुलाई धेरैधेरै धन्यवाद।’

प्रकाशित: १७ असोज २०८१ ८:४८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 − 3 =