बागमती प्रदेशसभाको अधिवेशन अन्त्य

हिमाल प्रेस १६ असोज २०८१ २०:२७
8
SHARES
बागमती प्रदेशसभाको अधिवेशन अन्त्य फाइल तस्बिर

मकवानपुर- बागमती प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले बागमती प्रदेश मन्त्रिपरिषद्को सिफारिसबमोजिम प्रदेशसभाको चौथो अधिवेशन आज (बुधबार) रातिदेखि अन्त्य गरेका छन्।

प्रदेश प्रमुख देवकोटाले नेपालको संविधानको धारा १८३ को उपधारा २ बमोजिम बागमती प्रदेश मन्त्रिपरिषद्को सिफारिस भई आएअनुसार, संवैधानिक प्रक्रिया पूरा गरी प्रदेशसभा बैठकको अन्त्य गरेको प्रदेश प्रमुख सचिवालयका कानुन अधिकृत प्रकाश चापागाईंले बताए।

प्रदेशसभाको गत असोज ६ र ७ गते बसेको बैठकमा सभामुख भुवनकुमार पाठकले अनिश्चितकालका लागि बैठक स्थगित भएको जानकारी गराएका थिए।

प्रकाशित: १६ असोज २०८१ २०:२७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten + 20 =