प्राधिकरणले भन्यो : बागमती र कोशीमा भारी वर्षाको सम्भावना छ, सतर्कता अपनाउनू

हिमाल प्रेस १६ असोज २०८१ १४:१५
32
SHARES
प्राधिकरणले भन्यो : बागमती र कोशीमा भारी वर्षाको सम्भावना छ, सतर्कता अपनाउनू फाइल तस्बिर।

काठमाडौँ- राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले फेरि पनि केही प्रदेशमा भारी वर्षाको सम्भावना भएकोले सतर्कता अपनाउन भनेको छ। प्राधिकरणले असोज १६ गतेदेखि असोज १८ गतेसम्म बागमती र कोशी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ।

‘…असोज १६ गतेदेखिबागमती र कोशी प्रदेशका केही स्थानमा भारी वर्षाको एवम् भोलि राति कोशी प्रदेशका केही स्थानमा भारी वर्षाको अनुमान छ,’ प्राधिकरणको पत्रमा भनिएको छ, ‘यो वर्षा असोज १८ गतेसम्म रहने सम्भावना छ।’

प्राधिकरणले अघिल्लो हप्ता परेको पानीका कारण जमिन गलेको र वर्षा थपिँदासमेत ठूलो पहिरो जान सक्ने, खोलामा एक्कासी बाढी आउन सक्ने जोखिम रहेको उल्लेख गरेको छ।

‘असोज १० देखिको अति भारी वर्षाले धेरै स्थानको जमिन गलेको हुँदा सानो वर्षा थपिँदा समेत ठूलो पहिरो जानसक्ने र कुनै पनि खोलामा एक्कासी बाढी आउन सक्ने जोखिम यथावतै छ,’ प्राधिकरणको सूचनामा उल्लेख छ।

यात्रारत रहँदा पहिरोको जोखिम हेर्दै सावधानीपूर्वक यात्रा गर्न र ठूलो पानी पर्न लागेको बेला सुरक्षित स्थानमा सवारी रोकी वर्षा रोकिएपछि मात्रा यात्रा गर्न प्राधिकरणले आग्रह गरेको छ।

‘नदी किनाराका वस्तीमा एक्काति बाढी आउन सक्ने सम्भावनालाई मध्यनजर गरी उच्च सतर्कता अपनाउनुहुन एवं पहिरोको जोखिम भएका स्थानका व्यक्तिहरू सुरक्षित स्थानमा स्थानान्तरण हुनु हुन सबैमा विनम्र अनुरोध छ,’ सूचनामा भनिएको छ।

प्रकाशित: १६ असोज २०८१ १४:१५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 + seven =