काभ्रेमा अलपत्र १४८ यात्रुलाई सशस्त्र प्रहरीको गाडीमा काठमाडौँ ल्याइयो

हिमाल प्रेस १४ असोज २०८१ १७:५७ | Monday, September 30, 2024
काभ्रेमा अलपत्र १४८ यात्रुलाई सशस्त्र प्रहरीको गाडीमा काठमाडौँ ल्याइयो

काठमाडौँ- काभ्रे जिल्लाको विभिन्न ठाउँमा अलपत्र परेका १४८ जनालाई सशस्त्र प्रहरीले काठमाडौँ ल्याएको छ। सोमबार बिहान सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हल्चोकबाट पठाइएको तीनवटा बसले धुलिखेलबाट करीब १५ किलोमटिर पूर्व दाहालडाँडा भन्ने ठाउँबाट १३ जना महिला ४९ पुरुष र ३ जना बच्चा गरी ६५ जनालाई काठमाडौंतर्फ ल्याएको छ।

यसैगरी काभ्रेको विभिन्न ठाउँबाट हेलिकप्टरमार्फत धुलिखेल ल्याइएका ४२ जना महिला, ३३ पुरुष र ८ जना बच्चा गरी ८३ जनालाई काठमाडौँतर्फ ल्याइएको सशस्त्र प्रहरीका केन्द्रीय सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए।

विभिन्न ठाउँमा अलपत्र परेका व्यक्तिहरूको उद्धारको लागि नेपाली सेनाको हेलिकप्टर, सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयबाट तीन वटा बससहित तीनवटै सुरक्षा निकायले संयुक्त रुपमा कार्य गरिरहेका छन्।

प्रकाशित: १४ असोज २०८१ १७:५७ | Monday, September 30, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 + twelve =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast