मधेश प्रदेशमा बाढीबाट ६ जनाको मृत्यु

हिमाल प्रेस १४ असोज २०८१ १५:३९
8
SHARES
मधेश प्रदेशमा बाढीबाट ६ जनाको मृत्यु

जनकपुरधाम– मधेस प्रदेशमा बाढीका कारण मृत्यु हुनेको संख्या ६ पुगेको छ। मृत्यु हुनेमा एक बालिकासमेत रहेकी छिन्। मृत्यु हुनेमा महोत्तरी र रौतहटका दुई दुई तथा सप्तरी र सर्लाहीका एक एकजना रहेका छन्।

बाढीले बगाउँदा दुईजना बेपत्ता छन् भने आठजना घाइते भएका मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरधामका कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक सुवासचन्द्र बोहोराले जानकारी दिए।

बेपत्ता हुनेमा सर्लाही र पर्साका एक एकजना रहेका छन्। मधेसका आठ जिल्लामा बाढीबाट रु. ५६ लाखको क्षति भएको छ।

बाढीबाट नौ पशुचौपाया समेत मरेका छन्। मृत्यु हुनेमा महोत्तरीको गौशाला नगरपालिका–८ का १६ वर्षीय रोहित साह र बर्दीवास नगरपालिका–११ का २१ वर्षीय मानबहादुर थिङ, सप्तरीको बलान बिहुल गाउँपालिका–४ घर भई हाल राजविराज नगरपालिका–८ मा बस्दैआएका आठ वर्षीय प्रिन्सकुमार साह, रौतहटको दुर्गाभगवती गाउँपालिका–४ का ३७ वर्षीय राजकुमार मुखिया र पर्रोहा नगरपालिका–७ की १४ वर्षीया आशाकुमारी साह तथा सर्लाहीको बलरा नगरपालिका–३ लक्ष्मीपुरका १२ वर्षीय अंकित ठाकुर रहेका छन्।

यसैगरी सर्लाहीको बागमती नगरपालिका–९ का १५ वर्षीय मुकेश महतो सोती खोलाले बगाउँदा बेपत्ता भएका छन्। पर्सामा एक बालिका बेपत्ता भएकी छिन्। आठ जिल्लामध्ये रौतहटमा तीन, सिरहामा एक, सर्लाहीमा एक तथा बारामा तीनजना घाइते भएका प्रहरी उपरीक्षक बोहोराले जानकारी दिए।

बाढीबाट ९६ परिवारका चार सय ८८ जना विस्थापित भएका छन्। बाढीमा फसेका ३५ जनालाई उद्दार गरिएको छ।

प्रकाशित: १४ असोज २०८१ १५:३९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast