ललितपुरको गोदावरीमा १३ जनाको मृत्यु, प्रतिपरिवार दुई लाख सहयोग

हिमाल प्रेस १३ असोज २०८१ ११:४८
10
SHARES
ललितपुरको गोदावरीमा १३ जनाको मृत्यु, प्रतिपरिवार दुई लाख सहयोग ललितपुरको गोदावरीमा शनिबार आएको बाढी।

ललितपुर- अविरल वर्षाका कारण भएको डुबान तथा पहिरोमा परी गोदावरी नगरपालिकामा १३ जनाको मृत्यु भएको छ। गोदावरी नगरपालिकाका प्रवक्ता मिलन सिल्वालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ, ‘सबै वडामा गरेर १३ जनाले जीवन गुमाएका छन्।’

पालिकाले ज्यान गुमाएकाकाको परिवारलाई आर्थिक सहयोग गर्ने निर्णय गरेको छ। प्रतिपरिवार राहतस्वरुप दुई लाख दिने निर्णय नगर कार्यपालिकाको शनिबार बसेको आकस्मिक बैठकले गरेको हो।

नगर प्रमुख गजेन्द्र महर्जनले भने, ‘नहुनपर्ने पर्ने कुरा भयो, आकस्मिक बैठक बसेर आर्थिक सहयोग गर्ने निर्णय गरेका छौँ।’ मानवीय क्षति हुन नदिन नगरपालिकाले आफ्नो संयन्त्रको भरपुर प्रयोग गरेको बताउँदै नेपाली सेनालगायत अन्य संघसंस्थाको समेत सहयोग लिएको बताए।

प्रकाशित: १३ असोज २०८१ ११:४८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 + 6 =