प्रतीकात्मक तस्बिर।
काठमाडौँ- काठमाडौँको काठमाडौँ महानगरपालिका ८ तिलगंगामा शव फेला परेको छ।
आज बिहान ८ बजे काठमाडौँ महा नगरपालिका ८ तिलगंगास्थित क्रियापुत्री घर पछाडि बागमती खोलाको पुलमा अड्केको अवस्थामा शव फेला परेको सशस्त्र प्रहरी कार्यालयले जनाएको छ।
सशस्त्र प्रहरी बल मन्दिर सुरक्षा बेश पशुपतिनाथबाट खटिएको १५ जनाको टोलीले शव निकालिरहेको छ। शवको हालसम्म सनाखत हुन सकेको छैन।
प्रकाशित: १३ असोज २०८१ ११:२९ | Sunday, September 29, 2024
प्रतिक्रिया




