सरकारले बोलायो सर्वदलीय बैठक

हिमाल प्रेस १३ असोज २०८१ ७:०५ | Sunday, September 29, 2024
सरकारले बोलायो सर्वदलीय बैठक

काठमाडौँ- कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले आइतबार दिउँसो सर्वदलीय बैठक आह्वान गरेका छन्।

मनसुनी वर्षातपछि बाढी र पहिरोबाट देशभर जनधनको क्षति भएपछि कार्यवाहकको जिम्मेवारी सम्हालिरहेका उपप्रधान एवं सहरी विकासमन्त्री सिंहले सिंहदरबारमा सर्वदलीय बैठक बोलाएका हुन्।

संयुक्त राष्ट्रसंघको ७९औँ महासभामा भाग लिन प्रधानमन्त्री केपी शर्मा ओली हाल अमेरिकामा छन्। आफू अमेरिका जाने भएपछि उनले उपप्रधान एवं सहरी विकासमन्त्री सिंहलाई कार्यवाहकको जिम्मेवारी सुम्पेका थिए।

प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बैठक बोलाइएको छ। सिंहले शनिबार राति भनेका छन्, ‘अविरल वर्षापछि आएको बाढी पहिरोका कारण आएको विपतपछिको राहत, उद्धार र धनजनको क्षतिका बारेमा छलफल गर्न सरकारले भोलि दिउँसो १ बजे सिंहदरबारमा सर्वदलीय बैठक बोलाएको जानकारी गराउँछु।’

शुक्रबारदेखि निरन्तर परेको वर्षातपछि शनिबार काठमाडौँ उपत्यकासहितका जिल्लाहरूमा बाढी र पहिरोले व्यापक क्षति पुर्‍याएको थियो।

प्रकाशित: १३ असोज २०८१ ७:०५ | Sunday, September 29, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − 10 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast