सप्तकोशीमा घटेन बहाव, सन् १९६८ यताकै उच्च

हिमाल प्रेस १३ असोज २०८१ ६:३६
12
SHARES
सप्तकोशीमा घटेन बहाव, सन् १९६८ यताकै उच्च तस्बिर स्रोत : कोशी ब्यारेज, कन्ट्रोल रुम।

काठमाडौँ- वर्षा निरन्तर घट्दै गएपनि सप्तकोशीको बहाव भने बढ्दो क्रममा छ।

आज (आइतबार) बिहान ३ः०० बजे गरेको मापनअनुसार कोशी ब्यारेज भएर सप्तकोशीको बहाव प्रतिसेकेन्ड ६ लाख ४३ हजार पाँच सय ४० क्युसेक रहेको कोशी ब्यारेज कन्ट्रोल रुमले जनाएको छ।

यसअघि कोशी ब्यारेज भएर अहिलेसम्मकै बढी सन् १९६८ अक्टोबर ५ तारिखमा पानीको बहाव प्रतिसेकेन्ड सात लाख ८८ हजार दुई सय क्युसेक मापन गरिएको थियो।पानीको बहाव बढ्दै गएपछि कोशी ब्यारेजको सबै ५६ ढोका खोलिएका छन्। अहिले एम्बुलेन्स र दमकललाई कुद्न खुला गरिएको छ।

प्रकाशित: १३ असोज २०८१ ६:३६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 + 16 =