हाइटी हिंसा : एक वर्षमा ३ हजार ६६१ जनाको मृत्यु

हिमाल प्रेस ११ असोज २०८१ २०:५९
6
SHARES
हाइटी हिंसा : एक वर्षमा ३ हजार ६६१ जनाको मृत्यु

जेनेभा (रासस/एएफपी)- संयुक्त राष्ट्रस‌ंघले हाइटीमा जारी हिंसामा यस वर्ष तीन हजार ६०० भन्दा बढी व्यक्तिको मृत्यु भएको जनाएको छ।

उत्तर अमेरिकाको सबैभन्दा गरिब मुलुक हाइटीमा व्याप्त हिंसा र अराजकताले यहाँको शिक्षा र स्वास्थ्य प्रणालीलाई प्रभावित बनाएको छ। आफूलाई विद्रोही भनेर चिनाउने गिरोहले राजधानी पोर्ट–ओ–प्रिन्स कब्जा गरेको छ।

हाइटीमा सन् २०२४ को पहिलो ६ महिनामा करिब ६ लाख मानिस विस्थापित भएका छन् भने २९५ महिला र ६३ बालबालिकासहित एक हजार २८० जना घाइते भएका राष्ट्रसंघीय मानवअधिकार कार्यालय ९ओएचसीएचआर० ले जनाएको छ।

त्यस अवधिमा २५ जना बालबालिकासहित कम्तीमा ८९३ जनालाई राजनीतिक संकट र कमजोर राज्य सत्ताले छोडेको शून्यतामा सत्ताका लागि होडबाजी गरिरहेका आपराधिक समूहहरूले अपहरण गरी फिरौतीका लागि बन्धक बनाएका थिए।

‘यस वर्षको जनवरीदेखि अहिलेसम्म कम्तीमा तीन हजार ६६१ जनाको मृत्यु भएको छ,’ संयुक्त राष्ट्रसंघको मानव अधिकार कार्यालयको पछिल्लो तथ्यांकमा उल्लेख छ।

प्रकाशित: ११ असोज २०८१ २०:५९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten − four =