चाडबाड सुरक्षाबारे एमालेको चारबुँदे ध्यानाकर्षण

हिमाल प्रेस ११ असोज २०८१ १७:०१
10
SHARES
चाडबाड सुरक्षाबारे एमालेको चारबुँदे ध्यानाकर्षण

काठमाडौँ- नेकपा (एमाले)ले नजिकिएको चाडपर्व लक्षित सुरक्षाबारे सरकारलाई ध्यानाकर्षणपत्र बुझाएको छ। एमाले केन्द्रीय विपद् व्यवस्थापन तथा स्वयंसेवा विभागले नजिकिएका चाडपर्वका सन्दर्भमा सरकारलाई विभिन्न विषयमा चार बुँदे ध्यानाकर्षणपत्र बुझाएको हो।

शुक्रबार विभाग प्रमुख खिमलाल भट्टराई नेतृत्वको टोलीले कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहलाई भेटेर दसैँ, तिहार, नेपाल संवत्, छठ र इद जस्ता चाडपर्व जनताले धुमधामसँग मनाउने वातावरण निर्माण गर्न सरकारको ध्यानाकर्षण गराएको हो।

एमालेले सडक, यातायात, होटलको खानालगायत सुरक्षाका विषय भरपर्दो बनाउन सरकारको ध्यानाकर्षण गरिएको भट्टराईले जानकारी दिए। साथै उनले चाडपर्वका समयमा हुनसक्ने अवाञ्छित क्रियाकलापहरू (अत्यधिक मदिरासेवन, जुवा तास, पटाका, आतिसवाजी) रोक्न स्थानीय प्रशासनहरूको प्रभावकारी परिचालन गर्न पनि सरकारलाई अनुरोध गएको जनाए।

प्रकाशित: ११ असोज २०८१ १७:०१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

6 − five =