सुनको मूल्यमा नयाँ रेकर्ड

हिमाल प्रेस ११ असोज २०८१ ११:२७ | Friday, September 27, 2024
सुनको मूल्यमा नयाँ रेकर्ड

काठमाडौँ‍‍-  नेपाली बजारमा आज पनि सुनको मूल्यले पुनः नयाँ रेकर्ड बनाएको छ। लगातार नयाँ रेकर्ड बनाएको सुनको मूल्य आज हालसम्मकै उच्च मूल्यमा कारोबार भएको हो।

गत आइतबारदेखि नै सुनको मूल्य बढिरहेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला एक लाख ६१ हजार दुई सय रुपैयाँ पुगेको छ।

बिहीबार सुन प्रतितोला एक लाख ६० हजार सात सय रुपैयाँमा कारोबार भएको थियो। यो मूल्य पछिल्लो रेकर्डभन्दा प्रतितोला पाँच सय रुपैयाँ बढी हो।

आज चाँदीको मूल्य भने स्थिर रहेको छ। बिहीबार प्रतितोला १९ सय ५५ रुपैयाँमा कारोबार भएको चाँदी आज पनि सोही मूल्यमा काराेबार भइरहेको छ।

प्रकाशित: ११ असोज २०८१ ११:२७ | Friday, September 27, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast