अछाममा सुत्केरीको हेलिकप्टरमार्फत उद्धार

हिमाल प्रेस १० असोज २०८१ १९:१० | Thursday, September 26, 2024
अछाममा सुत्केरीको हेलिकप्टरमार्फत उद्धार अछाम सुत्केरी उद्धार

अछाम– अछाममा एक सुत्केरीलाई हेलिकप्टरमार्फत उद्धार गरिएको छ। ढकारी गाउँपालिका–६ ढुङ्गाचाल्नाकी ३१ वर्षीया कौशीकुमारी बुढाको हेलिकप्टरमार्फत उद्धार गरिएको हो।

सुत्केरी ब्यथा लागेर उनलाई ढुङ्गाचाल्ना स्वास्थ्य चौकी लगिएको थियो। त्यहाँ सुत्केरी हुन नसकेपछि उनलाई नेपाली सेनाको हेलिकप्टरमार्फत कर्णाली प्रदेश प्रादेशिक अस्पताल सुर्खेत लगिएको जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख प्रहरी नायब उपरीक्षक ईश्वरीप्रसाद भण्डारीले जानकारी दिए।

ग्रामीण सडक खराब भएकाले एम्बुलेन्सद्वारा उद्धार गर्न नसकिने भएकाले सुत्केरीको हेलिकप्टरमार्फत उद्धारगरी थप उपचारका लागि सुर्खेत लगिएको प्रहरी नायब उपरीक्षक भण्डारीले बताए।

प्रकाशित: १० असोज २०८१ १९:१० | Thursday, September 26, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven + thirteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast