चीनबाट फर्किएका रास्वपाका सांसद भन्छन् : सभापतिमाथि प्रतिशोध साँधिए प्रतिकार गर्छौँ

हिमाल प्रेस १० असोज २०८१ १४:०२ | Thursday, September 26, 2024
चीनबाट फर्किएका रास्वपाका सांसद भन्छन् : सभापतिमाथि प्रतिशोध साँधिए प्रतिकार गर्छौँ

काठमाडौँ- चीन भ्रमणमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेताहरू भ्रमण छोट्याएर स्वदेश फर्केका छन्। १० दिनको भ्रमणमा चीन गएका रास्वपाका नेताहरू सहकारी प्रकरणमा पार्टी सभापति रवि लामिछानेलाई पक्राउ गर्ने सम्भावना बढेको भन्दै बिहीबार स्वदेश फर्किएका हुन्।

स्वदेश फकिएपछि रास्वपाका कार्यवहाक प्रवक्ता मनिष झाले अरुलाई जोगाउनका लागि आफ्ना सभापतिलाई मात्रै तार्गेट बनाउन खोजिएको भन्दै कुनै पनि राजनीतिक प्रतिशोधको कडा रुपमा प्रतिकार गर्ने बताए।

लामिछानेलाई व्यक्तिगत रूपमा संलग्न भएर सहकारीबाट रकम नलिएको छानविन समितिले नै प्रष्ट उल्लेख गर्दा पनि जवरजस्ती अपराधी बनाउन खोजिएको जिकिर गरे।

उनले सहकारी प्रकरण, पछिल्लो राजनीतिक अवस्थाका बारेमा शुक्रबार पत्रकार सम्मेलन गरि आधिकारिक धारणा तय गर्ने जानकारी दिए।

त्यस्तै रास्वपा उपसभापति डा स्वर्णिम वाग्लेले पनि लामिछानेमाथिको प्रहार व्यक्तिमाथिको नभई संस्थामाथिको प्रहार भएकाले प्रतिकार गर्ने बताए। वाग्लेको नेतृत्वमा १४ जना रास्वपा नेताहरू शनिबार चीन भ्रमणमा गएका थिए।

प्रकाशित: १० असोज २०८१ १४:०२ | Thursday, September 26, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast