यस्तो छ हिमालय रोडिज सिजन-६ को प्रोमो, असोज १४ देखि प्रसारण

हिमाल प्रेस ८ असोज २०८१ ११:५२
8
SHARES
यस्तो छ हिमालय रोडिज सिजन-६ को प्रोमो, असोज १४ देखि प्रसारण

काठमाडौँ- टेलिभिजन रियालिटी सो यामाहा हिमालय रोडिजको छैटौं सिजन यही असोज १४ देखि प्रसारण हुने भएको छ। सो को केही दिनअघि सार्वजनिक गरिएको थियो।

कार्यक्रम प्रत्येक सोमबार राती ९ बजे हिमालय टिभी एचडीबाट प्रसारण हुनेछ। कार्यक्रमका निर्देशक सिमोस सुनुवार हुन्।

‘वेलकम टु द जंगल’ को थिममा निर्माण भएको सो मा पाँच हजार भन्दा धेरै आवेदकबाट छानिएका उत्कृष्ट प्रतिभालाई अडिसनमा सहभागी गराएको निर्माण टिमले जनाएको छ।

छैटौं सिजनको जजमा प्रियंका कार्की, अनुपविक्रम शाही, दीया मास्के र आशिष राना ‘लाउरे’ छन्। कार्यक्रमको होस्ट रेमनदास श्रेष्ठले गर्नेछन्। अघिल्लो सिजनका होस्ट सुरजसिंह ठकुरीको ठाउँमा श्रेष्ठ देखिन लागेका हुन्। पहिलो सिजनदेखि चौथोसम्म श्रेष्ठ होस्टको रुपमा थिए।

पाँचौ सिजनमा लाउरेको टीमका प्रतिस्पर्धी संजीप राईले उपाधि जितेका थिए। लाउरेका दुबैजना फाइनलिस्ट रहेका थिए।

एमटीभी इण्डियाको संरचनामा आधारित भएर २०७५ सालदेखि नेपालमा प्रसारण भएको हिमालय रोडिज सिजन ६ सम्म यात्रा गर्ने पहिलो फ्रेन्चाइज रियालिटी सो हो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × five =