‘नजरका इशारा’ मा राज र हेनाको प्रेम

हिमाल प्रेस ८ असोज २०८१ १०:५१ | Tuesday, September 24, 2024
‘नजरका इशारा’ मा राज र हेनाको प्रेम

काठमाडौँ- कमल बिष्ट र संगीत शशी विक्रम थापाको स्वरमा गजल गीत ‘नजरका इशारा’ सार्वजनिक भएको छ।

किरण रिजालको शब्द रहेको गीतमा कमल बिष्ट स्वर छ। गायक बिस्ट भ्वाइस अफ नेपाल सिजन २ का प्रतिस्पर्धी थिए। गीतमा शशी विक्रम थापाले संगीत भरेका छन्।

गीतमा युवा–युवतीबीच प्रेम र त्यसले ल्याउने पीडालाई कलात्मक रूपमा प्रस्तुत गरिएको छ। भिडियोमा एक होटेलमा काम गर्ने युवकले त्यहीँ बस्न आएकी ग्राहकलाई मन पराउँछ, तर गलतफहमीकै कारण उनी मानसिक पीडामा फस्छन्। नारायण मगरले निर्देशन गरेको गीतको भिडियोमा राज पौडेल र हेना नगरकोटीको अभिनय छ।

भिडियोका सिनेमेटोग्राफर ज्ञानेन्द्र शर्मा हुँमागाईं हुन् भने सम्पादक तथा रङ्ग संयोजकमा भीम विश्वकर्मा छन्।

सडक नाटकबाट अभिनय सुरु गरेका मोडल पौडेलले एक दशक भन्दा बढी समयदेखि टेलिभिजन विज्ञापन, म्युजिक भिडियो र वेब सिरिजहरूमा अभिनय गर्दै आएका छन् भने नगरकोटीले विभिन्न वेब सिरिज, म्युजिक भिडियो र चलचित्रमा अभिनय गरेकी छन्। निर्देशक मगरले सय भन्दा बढी म्युजिक भिडियोको निर्देशन र सम्पादन गरेका छन्।

प्रकाशित: ८ असोज २०८१ १०:५१ | Tuesday, September 24, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

six + eighteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast