मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

हिमाल प्रेस ८ असोज २०८१ ९:१३ | Tuesday, September 24, 2024
मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

झापा- झापाको विर्तामोडमा मोटरसाइकलले ठक्कर दिँदा पैदलयात्रीको मृत्यु भएको छ।

पूर्वपश्चिम राजमार्गअन्तर्गत विर्तामोड नगरपालिका-६ कुमारी चोकस्थित प्र१–०१–०१३प २८०९ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा पैदलयात्री विर्तामोड नगरपालिका–६ बुट्टाबारीका ६२ वर्षीय यामबहादुर लिम्बूको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी कृष्णकुमार चन्दले बताए।

प्रहरीका अनुसार गएराति उक्त मोटरसाइकलले ठक्कर दिई गम्भीर घाइते भएका लिम्बूको उपचारका क्रममा आज बिहान बीएण्डसी अस्पताल बिर्तामोडमा मृत्यु भएको हो।

मोटरसाइकल चालक बुद्धशान्ति नगरपालिका–४ का ३२ वर्षीय विकास लिम्बूलाई नियन्त्रणमा लिई घटनाबारे अनुसन्धान गरिरहेको छ।

प्रकाशित: ८ असोज २०८१ ९:१३ | Tuesday, September 24, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast