ईसीडी शिक्षकलाई मानव स्रोतको आग्रह : बुटक्याम्पका लागि निवेदन दिनुस्

हिमाल प्रेस ७ असोज २०८१ १०:४६
2.5k
SHARES
ईसीडी शिक्षकलाई मानव स्रोतको आग्रह : बुटक्याम्पका लागि निवेदन दिनुस् ईसीडी शिक्षक । फाइल तस्बिर ।

काठमाडौँ- शिक्षा तथा मानव स्रोत विकास केन्द्र (प्रारम्भिक बालविकास शाखा) भक्तपुरले सामुदायिक विद्यालयका प्रारम्भिक बालविकास सहजकर्ता (ईसीडी शिक्षक) लाई बुटक्याम्प सञ्चालनका लागि निवेदन दिन आग्रह गरेको छ।

बुटक्याम्प (सघन आवासीय तालिम) लिन इच्छुक बालविकास शिक्षकबाट नियुक्ति मिति, यसपूर्व कुनै तालिम लिएको भए सो तालिमको नाम, अवधि र मिति समेतको विवरणसहित यही असोज १० गतेभित्र निवेदन माग गर्न र यसरी प्राप्त हुन आएको निवेदनको विवरण असोज १५ गतेभित्र सम्बन्धित शिक्षा विकास तथा समन्वय एकाइमा पठाउन सबै स्थानीय तहलाई आग्रह गरिएको छ।

सम्बन्धित शिक्षा विकास तथा समन्वय एकाइले स्थानीय तहबाट बुटक्याम्पमा सहभागी हुन निवेदन दिनेहरूको विवरण प्राप्त भएपछि सोका आधारमा जिल्लाको समष्टिगत विवरण तयार गरी राख्न पनि शाखा अधिकृत धनसूदन चौलागाईंले अनुरोध गरेका छन्।

सरकारले चालु आर्थिक वर्ष २०८१/२०८२ को बजेट वक्तव्यमा एक हजार पाँच सय ईसीडी शिक्षकलाई  बुटक्याम्प तालिम दिने घोषणा गरेको थियो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

6 + 8 =