एआईजी ज्ञवालीले सर्वोच्चमा दायर रिट किन लिए फिर्ता?

हिमाल प्रेस ६ असोज २०८१ १६:०१ | Sunday, September 22, 2024
एआईजी ज्ञवालीले सर्वोच्चमा दायर रिट किन लिए फिर्ता? सर्वोच्च अदालत। फाइल तस्बिर

काठमाडौँ– नेपाल प्रहरीबाट हालै अवकाश पाएका अतिरिक्त महानिरीक्षक (एआईजी) श्यामलाल ज्ञवालीले सर्वोच्च अदालतमा दायर गरेको रिट फिर्ताका लागि निवेदन दिएका छन्।

अवकाश हुनुअघि उमेरहदका कारण हुने अवकाशलाई रोकी पाउँ भनेर ज्ञवालीसहित पाँच प्रहरीका अधिकारीले सर्वोच्च अदालतमा रिट दिएका थिए। रिटमा मागेअनुसार सर्वोच्च अदालतले अन्तरिम आदेश जारी नगरेपछि उनले रिट फिर्ता गर्न निवेदन दिएका हुन्।

सर्वोच्च अदालतका प्रवक्ता अच्युत कुइँकेलका अनुसार उक्त रिटमा आज न्यायाधीशद्वय नहकुल सुवेदी र सुनिलकुमार पोखरेलको इजलासमा सुनुवाइ जारी छ।

एआईजी ज्ञवाली भने उमेर हदका कारण गत २६ गते अनिवार्य अवकाशमा गइसकेका छन्। अवकाश भइसकेकोले रिटमाथिको ‌औचित्य नहुने भएकोले फिर्ता लिएको ज्ञवालीले पठाएको पत्रमा भनिएको छ।

उनीबाहेकका रिट निवेदकहरू डीआईजीहरू राजेशनाथ बास्तोला, यज्ञविनोद पोखरेल, केदार ढकाल र प्रहरी निरीक्षक नागेन्द्र ठाकुर भने प्रहरी सेवामै छन्।

प्रकाशित: ६ असोज २०८१ १६:०१ | Sunday, September 22, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen + 15 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast