मधेश प्रदेशमा पनि बन्यो गल्फ मैदान

हिमाल प्रेस ५ असोज २०८१ १७:२१ | Saturday, September 21, 2024
मधेश प्रदेशमा पनि बन्यो गल्फ मैदान

महोत्तरी– मधेस प्रदेशमा गल्फ मैदान (कोर्स) तयार भएको छ। मैदान नेपाली सेनाले बनाएको हो।

बर्दिबासस्थित नेपाली सेनाको मध्यपूर्वी पृतना परिसरमा निर्मित मैदानको प्रधानसेनापति अशोकराज सिग्देलले शनिबार आयोजित एक कार्यक्रममा उद्घाटन गरे। त्यस अवसरमा आयोजित गैरव्यावसायिक प्रतियोगितामा ७० जनाले प्रतिस्पर्धा गरेका थिए।

उद्घाटन समारोहमा मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंह, उद्योग वाणिज्य तथा पर्यटनमन्त्री सकिल अलि मियाँसहित उच्च पदस्थ अधिकारीको सहभागिता थियो। प्रतियोगिताका विजयी खेलाडीलाई मुख्यमन्त्री सिंह, मन्त्री मियाँ र प्रधानसेनापति सिग्देलले पदक प्रदान गरेका थिए।

प्रकाशित: ५ असोज २०८१ १७:२१ | Saturday, September 21, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast