ओमानसँग अन्तिम ओभरमा स्तब्ध बन्यो नेपाल

हिमाल प्रेस ३ असोज २०८१ ७:१० | Thursday, September 19, 2024
ओमानसँग अन्तिम ओभरमा स्तब्ध बन्यो नेपाल

काठमाडौँ- आईसीसी विश्वकप लिग-२ त्रिकोणात्मक ओडीआई सिरिजमा नेपालले लगातार दोस्रो हार व्यहोरेको छ। सिरिजको दोस्रो खेलमा नेपाली टोली ओमानसँग १ विकेटले पराजित भएको हो। नेपाल पहिलो खेलमा घरेलु टोलीसँग १ सय ३ रनले पराजित भएको थियो।

नेपाललले दिएको २ सय २१ रनको लक्ष्य ओमानले १ बल अगावै ९ विकेटको क्षतिमा भेट्टायो। पहिलो विकेटका लागि ओपनर कश्यप प्रजापपति र जतिन्दर सिंहले ७५ रनको साझेदारी गर्दै ओमानलाई उत्कृष्ट सुरुवात दिलाएका थिए।

जतिन्दर सिहले सर्वाधिक ४१ रन बनाए। प्रजापतिले ३६ रन थपे। कप्तान अकिब इलियासले २९, प्रतिक अथाभाले र सोहेब खानले समान २६ रन बनाए। सकिल अहमद १७ र करिमुल्लाह ६ रनमा अविजित रहे।

नेपालका गुल्सन झा एक्लैले पाँच विकेट लिए पनि टोलीको हार टार्न सकेनन्। गुल्सनले आफ्नो स्पेलमा २ मेडन राख्दै ४७ रन दिएओडीआइमा गुल्सनले पहिलो पटक ५ विकेट लिएका हुन्।

यसअघि सन् २०१९ मा तिव्रगतिका बलर सोमपाल कामीले युएईविरुद्धको ओडीआई खेलमा ५ विकेट लिएका थिए। करण केसीले २ विकेट झारे। सन्दीप लामिछाने र आरिफ शेखले समान एक विकेट आफ्नो नाममा गरे।

त्यसअघि ओमानले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ९ विकेटको क्षतिमा २ सय २० रनको योगफल तयार पारेको थियो। ओमानविरुद्ध खराब सुरुवात गरेको नेपालका लागि कप्तान रोहित पौडेलले नेपालको पारी सम्हालेका थिए।

नेपाल एक समय १३.१ ओभरमा ३–३१ को अवस्थामा थियो। चौथो विकेटका लागि रोहित र आरिफ शेखले ८३ रनको महत्वपुर्ण साझेदारी गर्दै नेपालको इनिङ्स उकासेका थिए। कप्तान रोहितले ७२ बलमा २ चौका र ४ छक्का प्रहार गर्दै ६० रनको योगदान दिए। ८८ बलमा ३५ रन बनाएका आरिफ शेख ३६।३ ओभरमा क्याच आउट भए।

३५ बलमा ३ चौका र ५ छक्का मद्दतमा ५३ रन बनाएका गुल्सन झा क्याच आउट हुन पुगे। सोमपाल कामी २० रनमा रन आउट भए। आशिफ शेख, भिम सार्की र सन्दीप लामिछानेले समान ११ रन बनाए।

ओमानका लागि अकिब इलियास, फायन बट र करिमुल्लाहले समान २ विकेट लिए। सकिल र सोहेबले समान एक विकेट झारे।

 

प्रकाशित: ३ असोज २०८१ ७:१० | Thursday, September 19, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 − eight =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast