 
                             
                                            काठमाडौँ- नेपाल समाजवादी पार्टी (नेसपा)ले थप छलफलका लागि विधान मस्यौदा प्रदेश र स्थानीय तहमा पठाउने निर्णय गरेको छ। दुई दिनसम्म चलेको केन्द्रीय सचिवालय बैठकले यस्तो निर्णय गरेको हो।
नेसपाको पहिलो विधान सम्मेलन कात्तिक ५ र ६ गते पोखरामा हुँदैछ। सो सम्मेलनमा प्रस्तुत गरिने विधानको मस्यौदामाथि छलफलपछि परिमार्जनसहित थप छलफलका लागि प्रदेश र स्थानीय तहमा पठाउने निर्णय भएको अध्यक्ष डा. बाबुराम भट्टराईले जानकारी दिए।
बैठकले लुम्बिनी प्रदेश अधिवेशन तयारी समितिको संयोजकमा हिक्मत विक र कर्णाली प्रदेश संयोजकमा लक्ष्मीप्रसाद भट्टराई नियुक्त गरेको छ।
                            प्रकाशित: २ असोज  २०८१ २१:४२ 
                        
                        
                    
                        प्रतिक्रिया
                        
		
	
                    
                    
 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                             ![[टिप्पणी] प्रमाणित भएको बाबुरामको दृष्टि](https://himalpress.com/wp-content/uploads/2025/10/prakash.jpeg) 
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 